काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यारो कोठामा दुई चार जना षडयन्त्रको ओथारो बस्दैमा सरकार नढल्ने बताएका छन् । दशैको शुभकामना आदानप्रदान गर्न झापा पुगेका प्रधानमन्त्री ओलीले आफु नेतृत्वको सरकार कुनै योग वा भवितव्य नभई ठूलो संघर्षबाट बनेकाले सरकार ढाल्ने सपना नदेख्न चेतावनी दिए । सत्तारुढ नेकपाभित्रकै वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले सरकारप्रति…