काठमाडौं – बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्ध अदालतमा मुद्धा दर्ता भएपनि थुनछेक बहस भने नहुने भएको छ । संसद् सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका महरालाई आज (बिहीबार) अदालत उपस्थित गराउने तयारी थियो । तर बिहान पौने ११ बजेसम्म सरकारी वकिलको कार्यालयबाट महरालाई अदालत उपस्थित गराउनेबारे कुनै आदेश…