काठमाडौँ - काग्रेस सभापति शेरबहादुर देउवाले पार्टी्भित्रको विवादबीच शुक्रबार तीन पदाधिकारी मनोनयन गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षीय सदस्यहरूले भने विधान र परम्पराको प्रश्न उठाउँदै मनोनयन प्रक्रिया बहिष्कार गरेका छन् । सभापति देउवाले पार्टी विधानको धारा २१ को (घ) र तथा नियमावलीको १२ (१) बमोजिम उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का…