काठमाडौं - चन्दा लिएको आरोपमा थुनामा रहेका विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ। बुधबार प्रहरीले व्यापारीहरुसँग अवैध रुपमा चन्दा उठाएको आरोपमा प्रकाण्डसहित हरिचन्द्र आचार्य,मनबहादुर श्रेष्ठ लगायतका नेताहरुलाई पक्राउ गरेको थियो। आइतबार प्रकाण्ड लगायतका नेताहरुको हकमा नरेन्द्रबहादुर सिंह विश्वकर्माले सर्वोच्चमा निवेदन दर्ता गराएका…