काठमाडौँ– श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले महिला हिंसामा संलग्न व्यक्तिलाई कडा कारवाही गरी उनीहरुको अधिकार सुरक्षित गरिने बताएकि छिन् । सांस्कृतिक सङ्ग्रहालय नेपालले नेपाल कला परिषद्मा आयोजना गरेको ‘नेपालका विशिष्ट महिला’को तस्वीर अवलोकन गर्न पुगेकि थापाले राज्य निर्माणमा महिलाको महत्वपूर्ण भूमिका रहेको बताइन् । “सबै विशिष्ट महिलाको तस्वीरलाई एक ठाउँमा ल्याएर…