काठमाडौं - पार्टी एकता प्रक्रियामा रहेका वाम गठबन्धन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संसदीय दलको संयुक्त बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संघीय संसद्को प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रमको सन्दर्भमा गठबन्धनका दुवै दलले आफ्नो संसदीय दलको संयुक्त बैठक बोलाएका हुन् । बैठक मध्याह्न साढे १२ बजे बस्नेछ ।…