काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले कांग्रेसले सभामुखमा उम्मेद्वारी दर्ता नगराएर आफूलाई सहयोग गरेको बताएका छन् । शुक्रवार विहान प्रतिनिधि सभाको सभामुखको लागि उम्मेद्वारी दर्ता गरेपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै महराले भने, ‘कांग्रेसले सभामुखमा उम्मेद्वारी नदिनु मेरो लागी सहयोग गरेको रुपमा लिएको छु ।’ त्यस्तै, महराले आफु सभामुख भएपछि पहिलो प्राथमिकता संविधान कार्यान्वयनका लागि…