राष्ट्रपति र प्रधानसेनापतिबीच भेटवार्ता, संसद् विघटनबारे छलफल हुँदै

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ । भेटमा जेनजी प्रदर्शनकारीले माग गरेको संसद् विघटन र नयाँ नागरिक सरकार गठनको विषयमा छलफल हुँदैछ । जेनजी प्रदर्शनकारीले संसद् विघटन गरेर नयाँ नागरिक सरकार गठन हुनुपर्ने माग गरेका छन् । यसमा काठमाण्डु महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाहले सहजीकरण गरिरहेका छन् ।