काठमाण्डु - संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको विपक्षी दलहरूको बैठकले जेनजी प्रदर्शनमा दमन गरेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको छ। बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गणतन्त्रकै कलंकको रुपमा घटना भएको भन्दै सरकारको रवैया स्वीकार्य…