अखिल क्रान्तिकारीमा उमेरहद राख्ने/नराख्ने टुंगो मतदानबाट लगाइने

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को भ्रातृ विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा उमेरहद लगाउने कि नलगाउने भन्ने टुंगो मतदानबाट गरिने भएको छ । नेतृत्व ३२ वर्षे उमेरहद लगाएर चयन गर्ने कि नलगाइ गर्ने भन्नेबारे १३ पुसमा मतदान गरेर टुंग्याइने पूर्वउपाधयक्ष मदन भुलले जानकारी दिए । पार्टीले उमेरहद लगाउने कि नलगाउने भन्ने निर्णय गर्ने अधिकार…