भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै, छैटौँ वरीयतामा रहने

काठमाण्डु - नेकपा (एमाले) छाडेर मातृभूमि जागरण अभियान, नेपाल गठन गरेका भीम रावल बुधबार नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै छन् । एमालेका पूर्वउपाध्यक्ष पनि रहेका रावल नेतृत्वको अभियान आइतबार पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरूसँगको संवादपछि नवगठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेको हो । यसका लागि नेपाली कम्युनिस्ट पार्टीले बुधबार दिउँसो काठमाण्डुमा बृहत्…