अदालतले मेरो नियुक्ति अवैधानिक ठहर्‍याए राजीनामा दिन्छु : मुख्यमन्त्री यादव

जनकपुरधाम – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले अदालतले नियुक्तिविरुद्ध फैसला गरे राजीनामा दिन तयार रहेको स्पष्ट पारेका छन् । जनकपुरधाममा मंगलबार पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री यादवले आफूविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले जे फैसला गरे, त्यो मान्न तयार रहेको बताएका हुन् । मुख्यमन्त्री यादवले आफ्नो नियुक्ति गलत रहेको आदेश दिए आफू एकछिन पनि पदमा नबस्ने बताए…