रविकाे प्रश्न- जनताको आवाज बाेल्दा माइक काट्ने पूर्वसभामुख कुन मुख लिएर भोट माग्दै हुनुहुन्छ ?

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निवर्तमान सभामुख देवराज घिमिरेले जनताको आवाज उठाउँदा माइक काटेको आरोप लगाएका छन् । झापा–२ मा पुगेका लामिछानेले घिमिरेले सभामुख हुँदा रास्वपाका २१ जना सांसदलाई घाँटी न्याँकेर संसदबाट निकालेको आरोप लगाएका हन् । संसदमा भिजिट भिसाको छानबिन गर्न माग गर्दा घिमिरेले ‘बा’ को आदेश मानेर माइक काटेको बताएका हुन्…