काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रमा भरोसा गर्ने पार्टीहरू देश र लोकतन्त्रप्रति चुनौती आउँदा एकठाउँमा उभिनु स्वाभाविक भएको बताएका छन् । नेकपा एमाले बागलुङद्वारा आयोजित वडा केन्द्रित अभियानको अभिमुखीकरण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै महासचिव पोखरेलले कांग्रेस र एमाले मिल्नुको उद्देश्य राजनीतिक अस्थिरता अन्त्य गर्नको लागि भएको बताए । ‘चुनौतीलाई सामना गर्न लोकतन्त्रमा विश्वास…