उपनिर्वाचनको तयारी गर्न रास्वपा केन्द्रीय समिति बैठक आह्वान

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक शनिबार बिहान पार्टी कार्यालय बालाजुमा बोलाइएको छ । बैठकमा आसन्न उपनिर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । ‘हामी आगामी मंसिर १६ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुँदैछौं । उपनिर्वाचनको तयारी तथा समग्र राष्ट्रिय राजनीतिक मुद्दाका विषयमा मिहिन ढंगबाट…