उपेन्द्रले मागे मधेसमा मुख्यमन्त्री, केन्द्रमा गृह वा स्वास्थसहित उपप्रधानमन्त्री

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रियसभामा सरकारले प्रस्तुत गरेका अध्यादेश स्वीकृत गर्न सघाउन मधेस प्रदेशको मुख्यमन्त्री र केन्द्रमा गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयसहित उपप्रधानमन्त्री मागेको छ । अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्षसँग भएका छुट्टाछुट्टै भेटमा ती सर्त तेर्स्याएका हुन् । राष्ट्रियसभामा अध्यादेश पारित गर्न…