वर्तमान सरकार गठनपछि सकारात्मक संकेत देखिएका छन् : उपमहासचिव ज्ञवाली

काठमाण्डु – नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राजनीतिक निकासका लागि कांग्रेस र एमालेले सहकार्य गरेको बताएका छन् । नेकपा एमाले स्कूल विभागद्वारा हुम्लाको सिमिकोटमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अस्थिरता, भ्रष्टाचार र अर्थतन्त्रमा आएको शिथिलताबाट मुलुकलाई निकासा दिन एमाले र कांग्रेस मिलेर सरकार बनाएको बताए । उनले कांग्रेस र एमाले मिलेर देशलाई स्थिरता दिने दाबी…