माओवादीहरूबीच चाँडै एकता हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी घटकहरूबीच चाँडै एकता हुने बताएका छन् । चितवनमा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटै स्कूलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरू एकताबद्ध हुने बताए । ‘अहिले हामी सबै एकताबद्ध भएर समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको छ…