काठमाण्डु-रास्वपाका सभापति रवि लामिछाने सहकारीको रकम अपचलन र सङ्गठित ठगीको आरोपमा पक्राउ परेपछि उनको सांसद पद के हुन्छ भन्ने चासो बढेको छ । प्रहरीले लामिछाने पक्राउ परेको जानकारी सभामुख र संसद सचिवालयलाई दिइसकेको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछानेलाई प्रहरीले सङ्गठित अपराध र कीर्ते लिखतमा पनि अनुसन्धान गर्ने तयारी गरेको छ…