विपत्तिमा ३ तहकै सरकारबीच समन्वय गरेर अगाडि बढ्नुपर्छ : गृहमन्त्री

काठमाण्डु– गृहमन्त्री रमेश लेखकले विपत्तिमा ३ तहकै सरकारबिच समन्वय गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । सोमबार विहान बाढी पहिरोबाट क्षतिग्रस्त काभ्रेको पनौती नगरपालिका–१२ भूमेडाँडा र बेथानचोश गाउँपालिका ४ को निरीक्षण निरीक्षणपछि जिल्ला प्रशासन कार्यालय काभ्रेको बैठकमा बोल्दै गृहमन्त्री लेखकले तीन वटै सरकारको विपत्तिमा काम गर्नुपर्ने जिम्मेवारी रहेको उल्लेख गरे । उनले भने– 'भारी वर्षाबाट सिर्जित…