काठमाण्डु - नेपाली कांग्रेसको महाधिवेशनको विषयमा छलफल गर्न संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले भेला गरेका छन् । नयाँ वानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू छलफलमा जुटेका छन् । भेलामा पार्टीको कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू पनि छन् । नेताहरू वीरबहादुर बलायर, सीता गुरुङ, भण्डारी, मीन विश्वकर्मा, केन्द्रीय सदस्यहरू दवेन्द्रराज कँडेल, किरण पौडेल, नागिना…