काठमाण्डु - नेपाली कांग्रेसले पनि नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिने भएको छ । २१ फागुनमा सम्पन्न निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिकतर्फ गरी ३८ जितेको छ । यस्तै, राष्ट्रिय सभामा ९ जना सदस्य छन् । उनीहरुलाई चैत्र १४ गते शनिबार अभिमुखीकरण दिने तयारी छ। कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूलाई संयुक्त रुपमा अभिमुखीकरण दिने भएको हो ।…