प्रहरीमा ३० वर्षे सेवाअवधि कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश

काठमाण्डु – सर्वाेच्च अदालतले प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । आगामी भदौ १६ गते अवकाश हुन लागेका प्रहरीहरूले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रहरी नियमावलीको प्रावधान कार्यान्वयन नगर्न आदेश दिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठ समेतले वारिसमार्फत बुधबार दायर गरेको रिटमा न्यायाधीश हरि…