माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, अध्यक्ष प्रचण्डले जवाफ दिने

काठमाण्डु-माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिने कार्यक्रम रहेको छ । गत शुक्रबारदेखि जारी बैठकमा नेतृत्वको विकल्प, विचार संश्लेषण, पार्टी निर्माण लगायत विषयमा नेताहरूले खुलेर बहस गरिरहेका छन् ।…