बंगलादेशको घटना अन्तर्राष्ट्रिय द्वन्द्व र भूराजनीतिको उपज : नारायणकाजी

काठमाण्डु-माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बंगलादेशमा विकसित पछिल्लो घटनाक्रम घरेलु परिघटनामा मात्रै सिमित नरहेको बताएका छन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत् बंगलादेशमा विकसित घटनाक्रममा अन्तर्राष्ट्रिय द्वन्द्व र भूराजनीतिको यथेष्ट भूमिका देखिएको बताएका हुन् । श्रेष्ठले केही दिनअघि बंगलादेशमा घटेको घटनाक्रमको सम्पूर्ण पाटापक्षका बारेमा अहिले नै निष्कर्ष निकाल्नु हतारो हुने प्रतिक्रिया सार्वजनिक गरेका…