काठमाण्डु-उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्र विवाद संसदमा प्रवेश पाएको छ । प्रतिनिधि सभा बैठकको सुरुमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख रानामगरको पत्रबारे छानबिन हुनुपर्ने बताए । उनले यसअघि एकजना मन्त्रीले अमेरिका पठाउन भिसाका लागि लेखेको पत्रकै भरमा राजीनामा दिनुपरेको भन्दै उपसभामुखको सो पत्रबारे पनि निष्पक्ष छानबिन हुनुपर्ने बताए । ‘संसदसँग कुनै साइनो…