काठमाण्डु – स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आक्रामक राजनीतिक अपिल सार्वजनिक गरेका छन् । ‘म सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछु’ भन्दै उनले अबको निर्वाचनबाट देशमा सामान्य घटना मात्र नभई इतिहास रचित हुने उद्घोष गरेका छन् । सभापति लामिछानेले आफूलाई पुल, भवन वा सडकका तस्वीर…