सिरोहिया पक्राउबारे रास्वपाको प्रष्टीकरण : अदालतको अनुमति लिएर अनुसन्धान गर्नु प्रेस स्वतन्त्रताको हनन् होइन

काठमाण्डु – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको बताएको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेपछि पार्टी सभापति गृहमन्त्री लामिछाने र पार्टीविरुद्ध व्यक्त धारणाको खण्डन गर्नेगरी रास्वपा महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले बुधबार विज्ञप्ति जारी…