काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल हुनेछ । त्यस्तै रास्वपाले शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ बैशाखमा संसदीय दलको बैठक बोलाएको हो । इलाम–२ मा भएको उपनिर्वाचनमा रास्वपाले चौथो स्थानको मत ल्याएको…