मलाई मत दिएबापत कहिल्यै पनि पछुताउनुपर्ने छैनः सुहाङ नेम्वाङ

इलाम- २ बाट चुनाव जितेपछि नेकपा एमालेका सुहाङ नेम्वाङले आफुलाई मत दिएबापत कहिल्यै पनि पछुताउनु नपर्ने बताएका छन् । सामाजिक सञ्जालमा एक सन्देश लेख्दै सुहाङले आफ्ना पिता सुबास नेम्वाङले देखाएको निष्ठाको बाटो र दिएर गएको इमानको उज्यालोलाई शिरमा राखेर ‘समृद्ध इलाम : सुखी इलामेली’ को साझा सपना र संकल्प पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्…