काठमाण्डु - नेकपा (एमाले)की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यको वातावरणलाई सुदृढ बनाउँदै एमालेको ११ औँ महािधवेशनमा सक्षम नेतृत्व चयन हुने विश्वास व्यक्त गरेकी छन्। एमालेको ११औँ महाधिवेशनको अवसरमा शनिबार बिहान सामाजिक सञ्जालमार्फत् शुभकामना दिँदै पूर्वराष्ट्रपतिसमेत रहेकी भण्डारीले मुलुक र जनताप्रति उत्तरदायी तथा दूरदृष्टिपूर्ण निर्णयहरू गर्न यो महाधिवेशन सफल हुने कामना…