चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजु पाण्डेले नेपालमा राजनीतिक परिवर्तनको वास्तविक प्रभावबारे प्रश्न उठाएका छन्। चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनलाई लक्षित गर्दै उनले राजनीतिक संरचना र व्यवहारमा देखिएको निरन्तरतामाथि टिप्पणी गरेका हुन्। पाण्डेले राजनीतिक पद प्राप्तिको क्रमबद्ध अभ्यासप्रति संकेत गर्दै प्रत्यक्ष निर्वाचित सांसद, समानुपातिक सांसद, मन्त्री, संसदीय समितिको सभापति, पार्टी पदाधिकारी हुँदै केन्द्रीय…