महासचिव पोखरेलको प्रश्न : केपी ओली आफैं बानेश्वर गएर हतियार चलाउनु भएको हो र ?

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशीला कार्की नेतृत्वको सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन् । बिहीबार भक्तपुरमा आयोजित भेटघाट कार्यक्रममा उनले वर्तमान सरकारले नेपालको आफ्नै राजनीतिक परम्पराको विपरीत नीति अबलम्बन गरेको भन्दै त्यो नेपाली परम्परा नभई प्रतिशोधनको परम्परा भएको बताए । उनले भने, ‘सुशीला कार्की नेतृत्वको सरकारले नेपालको आफ्नै राजनीतिक परम्पराको विपरीत…