काठमाण्डु- नेपाली कांग्रेसले सहकारी प्रकरणबारे संसदीय छानबिन समिति गठन गरिनुपर्ने अडान कायमै राखेको छ । बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणको संसदीय छानबिन समिति बनाएर छानबिन गरिनुपर्ने बताएका हुन् । उनले सहकारी प्रकरणबारे संसदीय छानबिन समिति नबनाएसम्म नेपाली कांग्रेस आफ्नो मागबाट पछि नहट्ने दावी गरे…