काठमाण्डु – माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पदाधिकारी छान्न निर्वाचन भएपछि हारेका नेताहरू आरोप–प्रत्यारोपमा उत्रिएका छन् । हारेका धेरै नेताहरूले नेतृत्वको प्यारो बन्न नसक्दा हारेको बताएका छन् । यता संस्थापन पक्षका नेताहरूले भने सर्वसम्मतीमा पदाधिकारी चुन्न बाधक बनेकाहरू पराजित भएको बताएका छन् । एक नेताले त निर्वाचनमा पराजय व्यहोरेपछि पार्टीको सचिवालय सचिवबाट राजीनामा…