सडक र सामाजिक सञ्जालबाट न्यायालय प्रभावित पार्न खोजियो : कानूनमन्त्री चौरसिया

काठमाण्डु – कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयलाई प्रभावित पार्न खोजेको आरोप लगाएका छन् । सोमबार महान्यायाधिवक्ता कार्यालयको ७४औं स्थापना दिवसको अवसरमा बोल्दै उनले सडक र सामाजिक सञ्जालबाट न्यायालयलाई प्रभावित बनाएको आरोप लगाए । कानूनी शासनमा सय वटा दोषी छुटे पनि एउटा निर्दोष पर्न नहुने उनले बताए ।…