काठमाण्डु – प्रतिनिधिसभा सभामुख देवराज घिमिरेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कांग्रेस सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेकोबारे पत्र पठाएको छ । सीआईबीले बुधबार पत्र पठाएर बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिएको छ । सीआईबीका अनुसन्धान अधिकृत होविन्द्र बोगटीले सभामुख घिमिरेलाई लेखेको पत्रमा उल्लेख छ, ‘बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा…