काठमाण्डु - सत्तासाझेदार प्रमुख दल नेकपा (एमाले)को सचिवालय बैठक जारी छ । शुक्रबार बिहान पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षाका साथै सरकारमा अबको कामकारबाहीको कार्ययोजना मुख्य एजेण्डा रहेको बताइएको छ । गठबन्धन सरकारमा सहभागितासहितका विभिन्न जिम्मेवारी तथा यसअघि केन्द्रीय कमिटी बैठकमा प्रवेश भएका विषयमा छलफल हुनेछ ।