काठमाण्डु – बिहीबारको मन्त्रिपरिषद् बैठकले काठमाण्डु महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साह ‘बालेन’को सिंगापुर भ्रमण स्वीकृत गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बैठकले २०८१ जेठ २० गतेदेखि २२ गतेसम्म सिंगापुरमा आयोजना हुने नवौं वर्ल्ड सिटीज समिट कार्यक्रममा सहभागी हुन शाहलाई स्वीकृति दिने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा…