संक्रमणकालीन न्यायसम्बन्धी विधेयक समितिबाट सर्वसम्मत पारित

काठमाण्डु–बिहीबार बसेको प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) सर्वसम्मत पास गरेको छ । बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गरेको हो । प्रस्तावमाथि छलफपछि सभापति विमला सुवेदीले विधेयक सर्वसम्मत पास भएको घोषणा गरिन् ।