सभापति देउवाको प्रस्ताव : संविधानका समस्या पहिचान भए, अब संशोधनबारे छलफल गर्नुपर्छ

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनबारे छलफल गर्नुपर्ने प्रस्ताव गरेका छन् । ललितपुरको गोदावरीमा आजदेखि सुरु भएको महासमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले शासकीय स्वरूपमा मूलभूत विषयलाई प्रभाव नपार्ने गरी संविधान संशोधनबारे छलफल गर्नुपर्ने बताए । उनले भने, ‘संविधान जारी भएको ८ वर्ष भइसकेको छ । संविधान कार्यान्वयनका क्रममा देखापरेका समस्या, जटिलता…