काठमाण्डु– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको बैठक आज बस्दै छ। काठमाडौंको महाराजगञ्जस्थित स्मार्ट होटलमा चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, पदाधिकारी तथा जिल्ला सभापतिहरूको बैठक बस्न लागेको हो । बैठकमा समूहको आगामी रणनीति, संगठनात्मक अवस्था तथा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन्। बैठकमा पार्टीभित्रको आगामी भूमिका, नेतृत्वको…