काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको संविधानमाथि धेरै कोणबाट प्रहार भइरहेको बताएका छन् । आज शुक्रबार आयोजित नेपाली कांग्रेस काठमाण्डु जिल्ला सम्मेलनमा बोल्दै उनले देशको संविधानमाथि कैयौ कोणबाट प्रहारहरू भइरहेको भन्दै अस्वाभाविक रूपमा नलिई संविधानमाथि भइरहेका प्रहारहरू चिनेर चिर्नुपर्ने बताए । उनले भने, ‘आज हामीसँग यो संविधान छ, यसलाई कैयौ कोणबाट आक्रमण भइरहेको…