राष्ट्रिय झण्डाको दुरुपयोग भएकोप्रति संविधानविद् आचार्यको आपत्ति

काठमाण्डु – संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, झण्डाकै आवरणमा देशविरोधी गतिविधि गर्ने तथा झण्डा प्रयोग गरेर मत माग्ने जस्ता कार्यहरू बढ्दै गएको भन्दै उनले यस्ता गतिविधि तत्काल रोक्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबूकमा लेख्दै भनेका…