रास्वपा पार्टी कार्यालय घेर्न पुगे सुकुमबासी, सुरक्षा व्यवस्था कडा

काठमाण्डु– सुकुम्बासी बस्ती खाली गर्ने सरकारको निर्णयविरुद्ध सुकुमबासीहरुले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार बस्तीमा भेला भएर विरोध प्रदर्शन गरिरहेका उनीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका छन् । बस्तीमा डोजर चलाउन रोक्न माग गर्दै सुकुमबासी वनस्थलीस्थित घन्टीघर पुगेका हुन् । सुकुमवासीहरू जाने भएपछि घन्टीघरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । अहिले रास्वपा…