तस्बिरमा रवि-बालेनको घण्टी अभियान

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार काठमाण्डुमा घण्टी अभियान सुरु गरेको छ । पशुपतिनाथ मन्दिरबाट सुरु भएको अभियान उपत्यकाका विभिन्न स्थान हुँदै साँझ बनस्थली चोकस्थित केन्द्रीय कार्यालय पुगेर समापन हुनेछ । अभियान अन्तर्गत दिनभरि काठमाण्डु उपत्यकाका विभिन्न स्थानहरूमा र्‍याली गरिनेछ । अभियानमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाहलगायत नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागिता छ…