काठमाण्डु– नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध आपत्ति जनाएका छन् । पहिलो पटक कांग्रेसको ‘निवर्तमान कार्यवाहक सभापति’को हैसियतमा विज्ञप्ति जारी गर्दै खड्काले सरकारलाई विद्यार्थी संघ–संगठन माथि हस्तक्षेप नगर्न चेतावनी दिएका हुन्। खड्काले विद्यार्थी आन्दोलन र संगठनहरू नेपालको लोकतान्त्रिक इतिहासका महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै…