काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता अशोककुमार राईले प्रधानमन्त्री प्रचण्डलाई समर्थन फिर्ता लिएको जानकारी दिएका छन् । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ गठबन्धन बनाएपछि जसपा पनि नयाँ गठबन्धनमा सामेल हुने भएको छ ।