अदालतको फैसला नआएसम्म कांग्रेस गण्डकी प्रदेशसभा बैठकमा सहभागी हुने

पोखरा – नेपाली कांग्रेस गण्डकी प्रदेशसभा बैठकमा सहभागी नहुने भएको छ । कांग्रेस संसदीय दलको शनिबारको बैठकले खगराज अधिकारी नेतृत्वको सरकारको वैधानिकताका सम्बन्धमा यसअघि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले अदालतमा दायर गरेको रिटमा फैसला नआएसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने निर्णय गरेको छ । रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले निवेदन पत्र टुंगो नलाग्दासम्म दीर्घकालीन असर…