काठमाण्डु- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । आइतवार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो । भेटवार्तामा सङ्क्रमणकालीन न्यायको विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ । बालुवाटारमा भएको छलफलमा बेपत्ता पारिएका व्यक्तिको…